बाजुराबाट राष्ट्रिय सभामा माओवादीका कट्टेल एकल सिफारिस


धनगढी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । त्यसैले बाजुराबाट नेकपा माओवादी केन्द्रका सञ्जय कट्टेलको नाम एकल सिफारिस गरिएकाे हो ।

जिल्ला समन्वय समिति बाजुराका ससंयाेजक देवीचन्द बुढाका अनुसार  बाजुरा जिल्लामा पार्टीको तर्फबाट लामो समयदेखी जनप्रतिनिधी विहीन रहदा पाटी संगठन निर्माण, व्यवस्थापन र जनताका आधारभूत आवश्यकता सवालहरुलाइ सम्बोधन हुन नसकेकाले  बाजुरा जिल्लाबाट प्रतिनिधित्व हुने गरि जनयुद्धका घाइते तथा अपाङ्ग, योद्दा कट्टेलको नाम एकल सिफारिस छ  ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ