पूर्व डीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाण्डु – नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनीसँगै मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरु समेत दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले दुवै आरोपीलाई दोषी ठहर गरेको छ ।

प्रहरी जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहेका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरु, लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखेविरुद्ध २०७६ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ