सुदूरपश्चिममा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै


कैलाली : सुदूरपश्चिममा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ८० जना महिलाले सुरक्षित गर्भपतन गराएकामा ०७९/०८० मा १३ हजार ४ सय ९३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । ०७८/०७९ मा पनि १३ हजार १ सय २७ जनाले सो सेवा लिएका थिए ।

गर्भपतन गराउनेमा औषधी सेवनबाट गर्भपतन गराउनेको संख्या धेरै छ । ०७७/०७८ मा ८ हजार ३० जनाले औषधी सेवनबाट र २ हजार ५० जनाले सर्जिकलबाट गर्भपतन गराएका छन् । ०७८/०७९ मा औषधी सेवनबाट ९ हजार २ सय २३ र सर्जिकलबाट ३ हजार ९ सय ४ र ०७९/०८० मा औषधी सेवनबाट १० हजार १ सय ७० र सर्जिकलबाट ३ हजार ३ सय २३ जनाले गर्भपतन गराएका छन् ।

सुरक्षित गर्भपतन गराउनेमा कैलालीका सबैभन्दा बढी छन् । गत आर्थिक वर्षमा मात्रै जिल्लामा ५ हजार ४ सय ७७ जनाले सुरक्षित गर्भपतन गराएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । जसमा ३ हजार ९ जनाले औषधी सेवनबाट र २ हजार ४ सय ६८ जनाले सर्जिकलबाट गर्भपतन गराएका छन् ।

जिल्लामा २०७७/०७८ मा २ हजार ६ सय २९ जनाले सुरक्षित गर्भपतन गराएकामा ०७८/०७९ मा गर्भपतन गराउनेको संख्या बढेर ५ हजार ५ सय ६७ जना पुगेको छ । ०७९/०८० मा भने यो संख्या ९० ले घटेको छ ।  त्यसपछि कञ्चनपुरमा ०७९/०८० मा २ हजार २ सय ७४ जनाले औषधी सेवनबाट र २ सय ४८ जनाले सर्जिकल गरी २ हजार ५ सय २२ जनाले गर्भपतन गराएका छन् । यहाँ ०७७/०७८ मा १ हजार ८७५ र ०७८/०७९ मा २ हजार २०१ जनाले गर्भपतन सेवा लिएका छन् ।

त्यस्तै, डडेल्धुरामा ०७९/०८० मा ९ सय ९२ जनाले औषधी सेवनबाट र ७३ जना सर्जिकल गरी १ हजार ६५ जनाले गर्भपतन गराएका छन् । यहाँ ०७७/०७८ मा १ हजार २६१ र ०७८/०७९ मा १ हजार २२३ जनाले गर्भपतन गराएका छन् । डोटीमा ०७९/०८० मा ९ सय ५४ जना औषधी सेवनबाट र ५५ जना सर्जिकल गरी १ हजार ९ जनाले सुरक्षित गर्भपतन गराएका छन् भने ०७७/०७८ मा १ हजार ११० र ०७८/०७९ मा ९२६ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

अछाममा ०७९/०८० मा ९ सय ५५ जना औषधी सेवनबाट र ३२ जना सर्जिकल गरी ९ सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् भने ०७७/०७८ मा ९४० र ०७८/०७९ मा ८६१ जनाले सुरक्षित गर्भपतन गराएका छन् । बाजुरामा ०७९/०८० मा ९ सय ४२ जना औषधी सेवनबाट र ९ जना सर्जिकल गरी ९ सय ५१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यहाँ ०७७/०७८ मा १ हजार १ सय ३१ र ०७८/०७९ मा ९ सय ७४ जनाले गर्भपतन गराएका छन् ।

त्यसैगरी, बैतडीमा ०७९/०८० मा ५ सय ८९ जना औषधी सेवनबाट र ६९ जना सर्जिकल गरी ६ सय ५८ जनाले गर्भपतन सेवा लिएका छन् । यहाँ ०७७/०७८ मा ५ सय ६५ र ०७८/०७९ मा ५ सय ५० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । दार्चुलामा ०७९/०८० मा २ सय २ जना औषधी सेवनबाट र २ सय २५ जना सर्जिकल गरी ४ सय २७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने ०७७/०७८ मा ३ सय ५१ र ०७८/०७९ मा ४ सय ४७ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

र बझाङमा ०७९/०८० मा २ सय ५३ जना औषधी सेवनबाट र १ सय ४४ जना सर्जिकल गरी ३ सय ९७ जनाले गर्भपतन गराएका छन् । यहाँ ०७७/०७८ मा २ सय ७८ जना र ०७८\०७९ मा ३७२ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ