फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४२ रुपैयां


काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । निगमले ग्यासको मूल्य भने यथावत राखेको छ ।यति हुँदा समेत प्रति महिना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ