जाजरकाेट भूकम्पमा १८ जनाको मृत्यु, विवरण आउने क्रम जारी [अपडेट]


जाजरकोट भूकम्पमा परी अहिलेसम्म १८ जनाको ज्यान गएको छ। रुकुमपश्चिमको आठविसकोटमा ११ र  जाजरकोटमा सात जनाले ज्यान गुमाएका छन्।

शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा सात जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार राहत तथा उद्धारमा सुरक्षाका तीव वटै निकाय परिचालन गरिएको छ।

भूकम्पमा परी रुकुम पश्चिम आठविसकोट नगरपालिका ११ र वडा नं.१२ मा मानवीय क्षति भएको  उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। क्षेतिको विस्तृत विवरण आउने क्रम जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ