रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु, १० जना घाइते


शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरका ३१ वर्षीय धनवीर पुन, सोही ठाउँकै २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन र २ वर्षीय सितम पुन रहेका छन् । त्यस्तै विभिन्न वडामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति ११:४७ मा ६.४ रेक्टर स्केलको भूकम्पले रुकुम पश्चिममा ठूलो क्षति गरेको छ ।

जिल्लाको आठबीसकोटमा सबैभन्दा बढी क्षति पुगेका खबरहरू आइरहेका छन् । त्यहाँ १ दर्जन बढीको ज्यान गएको बताइएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । रातको समयमा भूकम्प गएकाले उज्यालो भएपछि विवरणहरु थपिन सक्ने प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ