मध्यरातमा ६.४ म्याग्निच्युडको शक्तिसाली भूकम्प गयो, देशैभर धक्का महसुश


काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्का काठमाण्डुका साथै देशैभरजसो महसुश भएको छ । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

यो भुइँचालोको धक्का भारतको नयाँदिल्ली र चीनकाे तिब्बतसम्म महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण  आएको छैन।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ