संसदको चालू अधिवेशन मध्यरातिदेखि अन्त्य


काठमाण्डु – संसद्को चालू अधिवेशन अन्त्य गरिएको छ ।

सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/७/१६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु,’ राष्ट्रपतिको पत्रमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ