चिनियां विदेशमन्त्री वाङ शुक्रबार ५ बजे काठमाण्डु अवतरण गर्ने, प्रधानमन्त्रीसहित ओली र दाहालसंग भेट्दै


काठमाडौं । चिनियां विदेशमन्त्री वाङ यी भारतको राजधानी नयां दिल्ली अवतरण गरेका छन् । वाङको भारत भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भइरहेको बेला उनि बिहीबार सांझ नयां दिल्ली अवतरण गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।चिनियां विदेशमन्त्री वाङले कस्मीरको विषयलाई लिएर पाकिस्तानमा दिएको अभिव्यक्तिको भारतले विरोध गरेपछि उनको भ्रमण नहुने अड्कलवाजी गरिएको थियो । तर, अन्तिममा उनि बिहिवार अफगानिस्तान हुंदै भारत पुगेका हुन् ।वाङ शुक्रबार अपरान्ह् ४ बजे विशेष विमानमार्फत काठमाण्डु आइपुग्ने कार्यक्रम छ । चिनियां विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

उनले भ्रमणको अवसरमा ठुलो सहयोग घोषणा गर्न सक्ने सम्भावना समेत छ । त्यसका साथै दुवै देशबीच विभिन्न सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ । चिनियां विदेशमन्त्रीको भ्रमण तालिकालाई दुवै देशले अत्यन्त गोप्य राखेका छन् । उनकोे भ्रमणलाई लिएर बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खांणले सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएका छन् ।

चिनियां विदेशमन्त्रालय र चिनियां कम्युनिष्ट पार्टी उच्च अधिकारीसहित शुक्रबार नेपाल आउन लागेका वाङको शुक्रबार कुनै औपचारिक कार्यक्रम नभएको स्रोत बताउंछ । उनले शुक्रबार सांझ चिनियां राजदूतसहित दूतवासका उच्च अधिकारीसंग बिफ्रिङ लिने कार्यक्रम रहेको छ ।

शनिबार उनले समकक्षी डा.नारायण खड्कासंग द्धिपक्षीय भेटवार्ता गर्नेछन् । उनलाई खड्काले दिवाभोज दिनुका साथै त्यसै दिन केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उनले शनिवार दिउसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाललाई भेट्नेछन् ।चिनियां विदेशमन्त्रीले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने भेटने कार्यक्रम नभएको स्रोत बताउंछ । वाङले अन्तिममा राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्ने र त्यसै दिन स्वदेश फर्कने कार्यक्रम छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ