नेपालमा चीन विरोधी गतिविधी बढेको भन्दै गृहमन्त्रीसंग चिनियां राजदूतको असन्तुष्टि


काठमाडौं l   चिनियां राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खांणसंग भेटवार्ता गरेकी छन् । चिनियां राजदूत यान्छी गृहमन्त्री खांडलाई भेट्न शुक्रबार दिउंसो सिंहदरबार पुगेकी हुन् । राजदूत यान्छी र गृहमन्त्री खांडबीच ४५ मिनेट लामो छलफल भएको छ ।

चिनियां विदेशमन्त्री वाङ यी को नेपाल भ्रमण नजिक आउंदै गर्दा उनका सक्रियता बढेको हो । यान्छीले यसअघि सभामुख अग्नी सापकोटा, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसंग समेत भेटवार्ता गरेकी थिईन ।
सरकारले संसदबाट एमसीसी पारित गरेसंगै पछिल्लो समय चिनियां सक्रियता बढेको छ । चीनले एमसीसी संसदबाट पारित नगर्न सुझाव दिंदै आएको थियो ।गृहमन्त्रीसंगको भेटमा यान्छीले पछिल्लो समय नेपालमा चीन विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरेको स्रोत बताउंछ । उनले राष्ट्रिय एकता अभियानका नाममा पछिल्लो समय चीन विरुद्ध गतिविधि भएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा पछिल्लो समय चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै चिनियां राष्ट्रपति सी जिनफिङको पुत्ला दहल गर्नुका साथै अन्र्तराष्ट्रिय समुदायको ध्यानकर्षण गराउने अभियान सुरु भएको छ ।

उनले तराईका विभिन्न जिल्लामा जनसभा आयोजना गरेर चीनको विरोध समेत गर्दै आएका छन् । यादवको भारतिय हिन्दुवादी संघ संस्थाहरुसंग निकट सम्बन्ध रहेको स्रोतको दावी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ