विभागले उठायो छ महिनामा २ खर्ब २५ अर्ब भन्दा बढी राजश्व


काठमाडौं । आन्तरिक राजश्व विभागले छ महिनामा २ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको छ महिनामा २ खर्ब २५ अर्ब ४७ करोड ९ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट २ खर्ब ४१ अर्ब ७१ करोड ४० लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९३ प्रतिशत मात्र राजश्व संकलन गरेको हो । गत वर्षको यस अवधिमा सरकारले १ खर्ब ९१ अर्ब ६७ करोड ९० लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । यसको तुलनामा यस अवधिमा राजश्व संकलनमा ११७.६३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षको पुसमसान्तसम्म आयकर घरबहाल कर र ब्याजबाट १ खर्ब ३१ अर्ब ५ करोड ९ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ खर्ब २० अर्ब ९७ करोड १५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । यस अवधिमा ९२ प्रतिशत मात्र राजश्व संकलन भएको छ । आव २०७७ को सोही अवधिमा सरकारले आयकरबाट ९६ अर्ब ३९ करोड ३७ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

अघिल्लो आवको तुलनामा यो वर्ष राजश्व संकलन १२५.५० प्रतिशतले बढी हो । विभागका अनुसार सरकारले आयकरबाट १ खर्ब १२ अर्ब ५ करोड ३० लाख ९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८ अर्ब १ करोड ९५ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । लक्ष्यअनुसार ९६ प्रतिशत राजश्व संकलन गरेको हो । गत वर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा १२९.९५ प्रतिशतले वृद्धि भएको छ ।

आव २०७७ को सोही अवधिमा आयकर शीर्षकबाट ८३ अर्ब १२ करोड ६३ लाख ६४ हजार रुपैयाँ संकलन भएको थियो । त्यस्तै घरबहाल कर शीर्षकबाट यो वर्ष सरकारले २ अर्ब ३ करोड २ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ४९ करोड १२ लाख ४ हजार रुपैयाँ संकलन गरेको छ । गत वर्षको सोही अवधिमा घरबहाल करबाट १ अर्ब ३९ करोड ७३ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । यस अवधिमा लक्ष्य अनुसार ७३ प्रतिशत मात्र राजश्व संकलन भएको तथ्याङकमा उल्लेख छ । विभागका अनुसार ब्याजबाट सरकारले यो वर्ष १६ अर्ब ९६ करोड ७६ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ११ अर्ब ४६ करोड ८ लाख ३९ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । यो लक्ष्य अनसुार ६८ प्रतिशत मात्र राजश्व संकलन भएको हो ।

सरकारले पुसमसान्तसम्म भ्याटबाट ६१ अर्ब २० करोड ६० लाख २४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकामा ५३ अर्ब ५२ करोड १९ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा लक्ष्य अनुसार ८७ प्रतिशत मा राजश्व संकलन भएको हो । गत वर्षको सोही अवधिमा भ्याटबाट ५४ अर्ब ८३ करोड ५९ लाख ६८ हजार राजश्व संकलन गरेको थियो । त्यस्तै अन्तशुल्क शीर्षकबाट सरकारले ४७ अर्ब ४९ करोड १३ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४७ अर्ब ७१ करोड ९८ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष अन्तशुल्क शीर्षकबाट ३७ अर्ब ८० करोड ४५ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा दोब्बर राजश्व संकलन भएको छ । यस अवधिमा १ अर्ब ४६ करोड ३६ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर यस शीर्षकमा यस अवधिमा २ अर्ब ९७ करोड ५४ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । यो भनेको लक्ष्य भन्दा २०३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट २ अर्ब ४८ करोड १८ लाख १६ हजार रुपैयाँ संकलन भएको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा यो वर्षको ११९ प्रतिशतले बढी राजश्व संकलन भएको तथ्याङकमा उल्लेख छ । विभागका अनुसार सरकारले पुस मसान्तसम्ममा शिक्षा शीर्षकबाट ५० करोड २१ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २८ करोड २० लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा लक्ष्य अनुसार ५६ प्रतिशत मात्र राजश्व संकलन भएको हो ।

गत वर्षको तुलनामा यो वर्षको राजश्व संकलनमा १७३.१४ प्रतिशतले बढी हो । आव २०७७ को सोही अवधिमा सरकारले शिक्षा शर्षिकबाट १६ करोड २९ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ