सेयर बजार ५३ अंकले बढ्यो
काठमाडौं ।– मंगलबार सेयर बजार ५३ अंकले बढेको छ । आज बजार परिसूचक नेप्से ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो ।त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १०.८३ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कुल २ सय २४ सेयर कारोबारमा सामेल हुँदा ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर बिक्री भएको छ । आज दिनभरिमा ४३ हजार ५ सय १९ पटकको उक्त किनबेचमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूहको सूचक हरियो भएको छ । ङादि हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन् । कम्पनीको सेयर ४४ रुपैयाँ प्रतिकित्ता दरले बढेर ४८९.५० रुपैयाँमा कारोबार बन्द भएको हो ।त्यस्तै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि आज ८.७० प्रतिशत आम्दानी गरेका छन् । यसबाहेक हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ७.७५ प्रतिशत, कालिका पावर कम्पनीका सेयरधनीले ७.६५ प्रतिशत र छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७.६१ प्रतिशत कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले ३.१४ प्रतिशत गुमाएका छन् । सर्वाधिक कारोबार आज २२ करोडसम्मको भएको छ । हिमालयन डिस्टिलरीको उक्त कारोबार भएको हो । यसबाहेक नेशनल हाइड्रोपावर, नेपाल टेलिकमको पनि १८/१८ करोडको कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस