भारतीय फिल्ममा अनुबन्धित भइन स्वस्तिमा


काठमाडौं: अभिनेत्री स्वस्तिमा खड्का भारतीय फिल्ममा अनुबन्धित भएकी छन् । केही महिना यताबाट नयाँ फिल्मको स्कृष्ट पढिरहेको बताउँदै आएकी यी अभिनेत्री अन्ततः सो फिल्ममा अनुबन्धित भएकी हुन् ।

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा स्वस्तिमा अनुबन्धित भएकी हुन् । निर्माण टिमले स्वस्तिमासँग यो फिल्मको नायिकाको लागि बिहीबार राजधानीको एक होटलमा कागजी सम्झौता गरेको हो । नेपाली फिल्ममा लिएका भन्दा दोब्बर पारिश्रमिक उनले यो फिल्ममा लिएको बताइएको छ ।

स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको तस्बिर सार्वजनिक गर्दै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ