बझाङको भातेखोला केन्द्रविन्दु बनाई भूकम्प गएको छ। बिहान ११ः ४५ बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक अनुसा दाहालले जानकारी दिइन्।

बझाङ केन्द्रविन्दु बनाई गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

बझाङमा गत मंगलबार एकैदिन तीन घन्टाको अन्तरालमा चार म्याग्निच्युडभन्दा ठूला सातवटा भूकम्प गएका थिए। त्यसयता यस क्षेत्रमा भूकम्पका साना धक्का महसुस भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ