एमसीए नेपालले भन्याे- एमसीसी सम्झौतामा कुनै ‘गोप्य’ दस्तावेज छैन
काठमाडौं ।मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज गोप्य नरहेको दावी गरेको छ ।
एमसीए नेपालले आज एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो ।एमालेको सरकारले एमसीसीसँग सम्बन्धित ९ वटा दस्तावेजहरु लुकाइएको भन्ने समाचारहरु सार्वजनिक भएपछि एमसीए नेपालले सो दावी गरेको हो ।
एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।
एमसीसी कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य नराखिने विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि अमेरिकाले एमसीसीसम्बन्धी कुनै पनि विषयहरु गेप्य नभएको बताएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस