२४ लाख खोप चोरी प्रकरण : अर्थमन्त्री खतिवडाविरुद्ध मुद्दा दर्ता गर्ने युवा संघकाे तयारी
काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप चोरीमा संलग्न रहेको भन्दै युवा संघले मन्त्री खतिवडासहित अन्य व्यक्तिमाथि छानविनको माग गर्दै अख्तियारमा मुद्धा दर्ता गर्ने भएको हो ।
खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको तथ्य सार्वजनिक भइरहेको हुँदा छानविनको लागि संघले अख्तियारमा मुद्धा दर्ता गर्न लागेको हो ।
संघले मंगलबार मन्त्री खतिवडा विरुद्ध मुद्दा दर्ता गर्ने जनाएको छ । कोरोना महामारी तिब्ररुपमा बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस