बैंकहरूले अझै गरिबलाई ऋण प्रवाह गरेका छैनन् : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
ठूला पुँजीपति खोजेर अर्बौँ लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको उनले बताए। उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे।
पार्टीको केन्द्रिय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए। सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्याम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए।
तपाईको प्रतिक्रिया दिनुहोस