ललिता निवास प्रकरण :१७ जनासँग धरौटी माग,एक जनालाई साधारण तारेखमा छाड्न आदेश


काठमाण्डु – जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ। गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

केशव तुलाधर,साधारण तारेखमा रिहा,

मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकहरि घिमिरे –७ लाख ५० हजार



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ