पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको छानविन समितिको ठहर


काठमाडाैं – नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले अनियमितता गरेको छानबिन समितिले निष्कर्ष निकोलेको छ ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सीईओ रेग्मीले अनियमितता गरेको निष्कर्ष निकाल्दै आफ्नो प्रतिवेदन पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेसमक्ष बुझाएको हो ।

सीईओ रेग्मीमाथि भन्सार कर्मचारीमाथि दुर्व्यवहार गरेको र आर्थिक अनियमितताको आरोप लागेपछि उनलाई सिईओबाट हटाइएको थियो ।

सो विषयमा छानबिन गर्न समिति गठन भएको थियो । समितिमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल र बोर्डका सदस्य ङावा ङिमा शेर्पा पनि सदस्य छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ