पराेपकारका धनि प्रकाशले दिए असाय नरेन्द्रकाे परीक्षा


धनगढी , ८ भदौ / बैतडी घर भई हाल कैलाली बहमुखी क्याम्पसमा अध्ययनरत प्रकाश लावडले आँखाको समस्या भएका नरेन्द्र बिष्टका परीक्षा दिएर सहयोग गरेका छन् । कैलाली बहुमुखी क्याम्पसमै शिक्षा शास्त्र संकाय दोश्रो बर्षमा अध्ययनरत बिष्टका परीक्षा प्रकाशले दिएर सहयोग गरेका हुन ।

परीक्षार्थी बिष्टले भने “आफ्नो दैनिक लागि रहेको कक्षा छोडेर मेरो परीक्षामा निरन्तर ६ दिन सम्म सहयोग गरेर म जस्ता अन्य अपाङ्गहरुलाई पनि हौसला दिलाएकोमा प्रकाशलाई धन्यबाद छ । सबैले प्रकाशले जस्तै अरु अपाङ्ग परीक्षार्थीलाई सहयोग गरे कुनै पनि अपाङ्गले बिचमै पढाइ नछोड्ने पनि बताए । अपाङ्गले बिचमै पढाइ छोड्ने एक प्रमुख कारण परीक्षामा आउने समस्या नै हो ।

यस्तै समस्या अरु कसैको भए मलाइ भन्नु म सधै आफुले सक्ने सेवा गर्नमा पछाडि हट्ने छैन । मैले कुनै लोभले हैन मानवीय दायित्व सम्झेर सहयोग गरेको सहयोगी लावडले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ