नेपाल र बाबुरामसँग सीआईबीले लियो बयान
काठमाण्डु- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ ।आइतबार साझँ माध नेपाल र बाबुराम भट्टराईसँग ललिता निवास जग्गा प्रकरणमा बयान लिएको हो ।
यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान नै नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको थियो । सीआईबीको यस कदमको चौतर्फी आलोचना भएको थियो ।
चौतर्फी आलोचना भएपछि आइतवार बुझाउने भनेको अनुसन्धान प्रतिवेदन सीआईबीले आज बुझाउदैँ छ । हालै सर्वोच्च अदालतले भट्टराईसँगै अर्का पूर्व प्रधानमन्त्री माधवकु नेपालमाथि पनि यस प्रकरणमा छानबिन गर्न बाटो खुलाएकाे थियाे ।
तपाईको प्रतिक्रिया दिनुहोस