केपी शर्मा ओलीलाई एमाले वरिष्ठ नेता भीम रावलले भेटे


काठमाडौं, ३० साउन । लामो समयपछि आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमाले वरिष्ठ नेता भीम रावलले भेटेका छन्।

मङ्गलबार अपरान्ह पार्टी कार्यालय च्यासलमा नेता रावलले अध्यक्ष ओलीलाई भेटेका थिए।

भेटको बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै नेता रावलले भने, ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो।’

पार्टीमा तपाईंलाई जिम्मेवारी बारेपनि केही छलफल भयोकी भन्ने प्रश्नको जवाफ दिँदै नेता रावलले भने, ‘धेरै लामो समयपछि भेटघाट भएको हो। अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश-विदेशको बारेमा जानकारी हुन्छ। सूचना हुन्छ। अब म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो। अब फेरि कुराकानी गरौंला भन्ने भयो। यतिमात्रै भयो।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ