मेरी स्टोप प्रकरण : महिलाको मृत्युपछि आफन्तले गरे जिप्रका घेराउ


कैलाली :  धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिई सडकसमेत अवरुद्ध गरेका हुन्।

बिहीवार बिहान गर्भपतन (क्यूरेट) गर्न गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलालाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई सेती अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ