शिक्षा विधेयक सच्याएर मात्रै सदनमा पेस गर्छौँँ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयकमा रहेका त्रुटी सच्याएर मात्रै सदनमा पेस गर्ने बताएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रूप दिइँदै छ,’ प्रधानमन्त्रीले भने, ‘मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा विधेयकलाई पारित गर्ने सन्दर्भमा छलफल हुँदा ओरिजनल शिक्षा विधेयकको ठाउँमा केही डुप्लिकेसन देखेपछि त्यसलाई रोकेर सच्याएर मात्रै सदनमा पेस गर्न भनेको छु र सच्याउने प्रक्रिया सुरु भएको छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ