माओवादी बैठकमा सरल सहयात्रीले भने- हामीलाई पुरानो प्रचण्ड हेर्न मन छ


नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन्।

काठमाडौंमा जारी चौंथो केन्द्रीय कमिटीको चौंथो दिनको बैठकमा नेताहरु जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरु प्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन्। उनले अहिले माओवादी सफल कि अवशानको चुनौतिपूर्ण मोडमा रहेको बताए।

‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ,’ बैठकमा पौडेलले भने,‘अहिले हामी सफल र अवसानको चुनौतिपूर्ण मोडमा छौं।’

बैठकमा पौडेलले अहिले पुरानो प्रचण्ड र प्रचण्डपथ जाग्नुपर्ने बेला भएको धारणा राखे। ‘हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ,प्रचण्डपथ जागेको हेर्न मन छ,’ उनले भने।

केन्द्रीय सदस्य पौडेलले विधान सम्मेलन वा महाधिवेशनबाहेक अरुबेला संसोधन हुन नसक्ने खालको विधान बनाउन पनि सुझाव दिएका छन्।

पार्टी विधिमा चल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चाकडी गर्नेले बाहिर के गर्छ त्यो पनि हेरिनुपर्ने बताए।

‘बालुवाटार गएर चाकडी गर्नेले बाहिर के गर्छ,?बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ त्यो पनि हेरिनु पर्छ,’ पौडेलले भने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ