नारायणकाजी श्रेष्ठको भ्रष्टाचारविरोधी अभियानमा मेरो साथ छः विप्लव


काठमाण्डु, ८ साउन– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रचण्ड नेतृत्वको सरकारले जनताका पक्षमा काम गरिरहेको बताए ।

उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेकामा अफाूलाई खुसी लागेको उल्लेख गरे । विप्लवले आफ्नो दलले सडकबाटै श्रेष्ठलाई सहयोग गरिरहेको दाबी गरे ।

फरक प्रसंगमा विप्लवले तत्कालीन समयमा श्रेष्ठ गृहमन्त्री भएको आफ्नो दलमाथि प्रतिबन्ध लाग्ने थिएन भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ