इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपालबाट चिनियाँ नेताको भर्चुअल संवाद


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन जियाजुनले भिडिओ वार्ता गरेका छन् । दुई दिने इटली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआनबीच अनलाइन भिडिओ वार्ता भएको हो।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उक्त भिडिओ वार्ता दुई देशको आपसी हितका विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ