सिङ्गापुरमा एक्सिस विद्याश्रमलाई बेस्ट स्कुल अवार्ड


धनगढीको एक्सिस विद्याश्रम सिंगापुरमा बेष्ट स्कुल अवार्ड २०२३ बाट सम्मानित भएको छ ।

एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा एक्सिस विद्याश्रमलाई बेष्ट स्कुल प्रदान गरिएको हो ।

सिंगापुरमा आयोजित एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ मा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तलाई बेष्ट स्कुल अवार्डद्धारा प्रदान गरिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ