शहीदहरुको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।
आईतवार शहीद दिवसको अवसरमा शहीद स्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख तयार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
उनले शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताए ।
प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस