मिटरब्याज पीडितको आन्दोलनमा पुगे गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई भेटेका छन् । आइतबार नयाँ बानेश्वरस्थित धर्नास्थलमा पुगेर उनले सरकारले पीडितलाई न्याय दिलाएर छाड्ने भएकाले ढुक्क भएर घर फर्किन आग्रह गरे ।

मिटर ब्याज पीडितहरूको खबरदारीप्रति कृतज्ञता व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘अब मिटरब्याज पीडितलाई न्याय दिलाउने काम अघि बढिसक्यो, यो कुनै पनि हालतमा रोकिनेवाला छैन । हाम्रो समाजमा पीडक र पीडित दुवै छन् । सरकारले पीडितको पक्ष लिन्छ ।’

गृहमन्त्री श्रेष्ठले अब मिटरब्याजीलाई कारबाही गर्न कुनै पनि ताकतले रोक्न नसक्ने बताए । ‘म पनि तपाईंहरूकै प्रतिनिधि हुँ । मिटर ब्याज भनेको सामान्तवाद र शोषणको प्रतिरुप हो । सरकारले त्यस्तो सामान्तवादको कुनै पनि अवशेष बाँकी राख्न चाहँदैन,’ उनले भने, ‘अब मिटरब्याजीलाई कारबाही गर्न कुनै पनि ताकतले रोक्न सक्दैन ।’

उनले सरकारले निष्क्रिय भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी विधेयक संसद्मा प्रस्तुत गरिसकेको भन्दै त्यसलाई अघि बढाउने बताए । एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ