आइतबारका लागि बोलाइएको संसद् बैठक स्थगित


काठमाडौं   आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अर्को बैठकको आगामी माघ २६ गतेका लागि तय गरिएको बैठक संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

गत पुस ६ गतेदेखि सुरु भएको संसद बैठक त्यसपछि पुस ७ गते बसेको थियो । पुस ७ मा बसेर स्थगित प्रतिनिधिसभा अब माघ अन्तिमसम्म नबस्ने भएको हो ।

‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ शनिबार संसद् सचिवालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ