धनगढीमा आज नेपालकै अहिलेसम्मको उच्च तापक्रम !


काठमाडौँ । नेपालमा २८ वर्षपछि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। शुक्रबार धनगढीमा ४७ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभागले जनाएको छ ।

यसअघि धनगढीमा यही डिग्रीको तापक्रम २८ वर्षअघि मापन भएको थियो। सन् १९९५ जुन १६ तारिखमा पनि उक्त तापक्रम मापन भएको थियो । नेपालको रेकर्डमै यो तापक्रम अहिलेसम्मकै उच्च हो।

मौसमविद् अधिकारीका अनुसार तराईका अधिकांस भूभागमा ४/५ दिन सम्म तापक्रम स्थिर नै रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ