स–साना मन्दिर निर्माण जस्तामा बजेट दुरुपयोग हुने छैन : मन्त्री धामी


धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले स–साना मन्दिर बनाउन बजेट बिनियोजन नगर्ने बताएका छन् । मन्त्रालयमा आयोजित निति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी सरोकारवालाहरु संगको छलफल कार्यक्रममा बोल्दै मन्त्री धामीले यस पटक बिश्व सम्पदा, राष्ट्रिय सम्पदा र प्रदेश सम्पदामा सुचिकृत धार्मिक तथा पर्यटकिय स्थल बाहेक अन्य स–साना मन्दिरमा बजेट बिनियोजन नगर्ने बताएका हुन् ।

बिगतमा ति गल्ती भएका रहेछन्, त्यसैले मन्दिर मात्रै बनाउनका लागी प्रदेश सरकार किन चाहियो भनेर प्रश्न पनि उठे मन्त्री धामीले भने “ति स–साना मन्दिर बनाएर हाम्रो प्रदेशलाई कुनै फाइदापनि भएन, कुनै आर्थिक लाभपनि प्रदेश सरकारले लिन पाएन, त्यस कारण प्रदेशलाई लाभ नहुने, ब्यक्तीगत मन्दिरहरुमा यस पटक बजेट हालिदैन, दुख नमान्नुहोला ।” निति कार्यक्रम तथा बजेट ल्याउने समय समेत धेरै नजिकिएका बेला हामी आएका छौँ, सबैलाई फरक÷फरक किसिमले छलफलमा बोलाउन नसकिने अवस्था भएका कारण एकमुस्ट प्रतिनिधीमुलक ढगंले छलफलमा बोलाइएको हो उनले भने “यस पटक केही फरक र जनताले मागेजस्तै निति कार्यक्रम तथा बजेट हामीले ल्याउन खोजिरहेका छौँ ।

मेरो मन्त्रालयमा हेर्नुस, बनका समस्या उस्तै छन्, हाम्रो ध्यान बनको काठ बेच्ने भन्ने मात्रैमा केन्द्रित छ तर बनबाट अन्य धेरै फाइदा लिन सकिन्छ उनले भने “पर्या पर्यटनको बिकास हामीले गर्नुपर्ने छ, बनमा भएका केही नितिगत समस्याहरु छन्, तिनको समाधानमा लाग्नेछौँ, यति मात्रै होइन उधोग हाम्रो मन्त्रालय माथहत पर्छ, यहाँका उधोगहरुलाई प्रोत्साहन गर्दै बाह्य लगानी भित्र्याएर कसरी रोजगारी श्रृजना गर्न सकिन्छ, पर्यटन प्रबद्र्धनबाट आर्थिक बिकास कसरी गर्न सकिन्छ हामी सोचिरहेका छौँ ।” खप्तड। रमारोशन, सुक्लाफाँटा लगायतका सबै पर्यटकिय स्थलको बिकास, प्रचार प्रसार गर्ने छौँ उनले भने “प्रदेशको अधिकार तथा क्षमताले भ्याइने काममा हामी पछि हट्ने छैनौँ तपाइहरु ढुक्क हुनुस, ढुक्क भएर सहयोग गर्नुस अब केही गर्नुपर्छ, सबैको सहयोग चाहिन्छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ