त्यो सुन हो कि पित्तल, आजै छानबिन समिति गठन गर्नुपर्छ : सांसद शाही


धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।

उनले भने, ‘त्यो सुन हो कि पित्तल हो भन्ने कुरा छुट्याउन सरकारले छानबिन समिति गठन गर्नुपर्छ । र, सरकारले आजै जवाफ दिनुपर्छ। हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्‍यो। यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तब मात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ । समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? धार्मिक आस्थामाथिको प्रहार पनि हो। सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ। प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ।’

उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्थामाथि प्रहार भएको पनि प्रतिक्रिया दिए।

 

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ