नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्।

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको उनले बताए। नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएको उनको भनाइ छ।

‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको छ। यस नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएका छन्। निश्चय पनि यस दस्ताबेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ। त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसंगत हुँदैन,’ प्रधानमन्त्रीले भने।

नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरूको सन्तुलन मिलेको प्रधानमन्त्री प्रचण्डको दाबी छ।

twitter sharing button
messenger sharing button
sharethis sharing button



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ