लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?


काठमाण्डु- लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्ली चौधरीले तीन जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका छन् ।

जसअनुसार कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका हुन् । नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै सरकारले पूर्णता भने पाएको छैन्। माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति हुन सकेको छैन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ