अर्थतन्त्रको संरचना परिवर्तन गर्न आवश्यक : डेपुटी गभर्नर मिश्र


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अर्थतन्त्रको संरचनालाई परिर्वतन गर्नुपर्ने बताएका छन्। नेपाली अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउँदै उनले यस्तो अवस्था कायम राखिराख्न नहुने बताए।

काठमाडौंमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ मा भएको रेमिट्यान्ससम्बन्धी प्यानलमा उनले यस्तो बताएका हुन्। ‘अहिले साँच्चै नै रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा ठूलो योगदान गरेको छ।  तर, यो गलत हो कि सही हो भनेर भन्दिनँ,’ उनले भने, ‘तर, अब अर्थतन्त्रको पुनरसंचना गर्न आवश्यक छ। त्यो गर्दा पनि रेमिट्यान्सको महत्व भने घट्दैन।’

यस्तै, नविल बैंकका डिसिइओ मनोज ज्ञवालीले रेमिट्यान्सबाट आउने रकमलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउनेपर्ने बताए। अहिले रेमिट्यान्सले पुँजी बृद्धि गर्न सकेको छैन, उपभोगमै खर्च भएको छ। अब भने उक्त रकमलाई पुँजी बृद्धि गर्ने गरी लगानी गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, रेमिट्यान्स एसोसिएसनका अध्यक्ष चन्द्र टन्डनले अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहन गर्नुपर्ने बताए। त्यसको लागि अनौपचारिक कारोबारलाई औपचारिक माध्यममा ल्याउनुपर्ने बताए। वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बिप्रेषण उत्पादनमूलक क्षेत्रमा के कति लगानी भएको छ भनेर अध्ययन गर्ने बताए।

twitter sharing button
messenger sharing button


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ