भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो कुरा पछिल्ला केही कारबाहीबाट प्रस्ट भएको छ ।’ उनले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यबद्धता जनाउनुभएको भन्दै सबैमा आभार प्रकट गरे । उनले भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर गरिएको खबरदारीबारे आफू सजग रहेको समेत बताए ।

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरुदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्त्वपूर्ण कदम चालिएको तथा सुशासन, समृद्धि तथा सामाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयन गरिएको बताए । ‘सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरूबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको छ ।

विद्यालयहरूमा समयमै पुस्तक पुगेको छ । किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित हुँदैछ’, प्रधानमन्त्रीको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ