एमालेले बोलायो सचिवालय बैठक


नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।

उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दै छ।

गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्दै छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ