संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका गुरुङको मृत्यु


काठमाण्डु – संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

दुर्घटनामा घाइते गुरुङलाई हेलिकोप्टरमार्फत् उपचारका लागि ल्याउने क्रममा तुम्लिङटार विमानस्थलमा मृत्यु भएको हो । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका ४ हटिया,सिक्प्रुङको हम्मरेडाँडामा हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे, मनोज थापा,विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । क्याप्टेनसहित ३ जनाको काठमाडौंको मेडिसिटी अस्पतालमा उचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ