उपनिर्वाचन : तीनै क्षेत्रमा एकसाथ मतदान सुरु


उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

यसकारण हुँदै छ उपनिर्वाचन
४ मंसिरमा रास्वपाबाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ