बैचारिक लेखभन्दा टिकटक र युट्युबरतिर मान्छे लाग्दा अराजकता बढ्योः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु यु ट्युब र टिकटक तिर लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सो बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन् ।

‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युटयुब र टिकटकतिर लागेका छन्, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यसकारण बिज्ञान प्रवृद्धीले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिंगै समाज नै दुषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । उनले सो बिषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘यस बिषयमा बुद्धीजिवीहरुवाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो संघर्षवाट आएका नेताहरुलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिदैछ । यो अराजकता रोकिन जरुरी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ