माघ मसान्तसम्म स्कूल बन्द राख्न, निजी र ट्याक्सीबाहेक जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस


काठमाडौँ l कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आज बसेको सीसीएमसीको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको हो ।

विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । त्यस्तै बैठबले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको हो ।

कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई मात्र हटाउन सिफारिस गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ