माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मोर्चा बनाउने


नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बीचमा मोर्चा बन्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले १५ दिनभित्र मोर्चा बन्ने जानकारी दिए। मोर्चाले सकारात्मक रुप लिए पार्टी एकतासम्म हुने सम्भावना रहेको उनको भनाइ छ।

‘अब हामी १०/१५ दिनभित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौँ । सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ,’ चौधरीले भने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ