देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ