सेनाले बुर्किना फासोमा सरकार अपदस्त गरेको घटनामा एमसीसीको चांसो


काठमाडौँ l  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले सेनाले बुर्किना फासोमा सरकार अपदस्त गरेको घटनामा चांसो देखाएको छ । बुर्किना फासोको सेनाले कुनै मानविय क्षती विना राष्ट्रपति रोच कबोरलाई पदच्युत गर्दै सरकार र राष्ट्रीय सभा विघठन गरेको घोषणा गरेको थियो ।

अमेरिकी सरकारको वैदेशिक सहायता नियोग एमसीसीले त्यहांको राजनीति परिवर्तनपति टिप्पणी गर्दै सेनाले सरकार अपदस्थ गरेको विषयमा आफ्नो गहिरो चांसो रहेको टिप्पणी गरेको छ ।

एमसीसीले विज्ञप्ति गर्दै एमसीसीले बुर्किना फासोसँग एमसीसी कार्यान्वयनका लागि भएको सहमतिबारे पनि नजिकबाट नियालिरहेको उल्लेख गर्दै सबै राजनीतिक दलहरूलाई प्रजातान्त्रिक समाधानका लागि दबाब सिर्जना गर्न आग्रह गरेको छ ।

नेपालमा एमसीसी कार्यान्वयनमा बिबाद भइरहेको बेला एमसीसीले बुर्किना फासोको आन्तरिक मामिलामा चांसो देखाएको हो ।

राजनीतिक विश्लेषक समेत रहेका सुरेशराज आर्चायले त्यसमा टिप्पणी गर्दै साना देशको राजनीतिक परिवर्तन बारेको अन्तर्राष्टिय चासो आफैमा अस्वभाविक नभएको तर वैदेशिक सहयोगको संझौतामा टेकेर प्रकट यस्तो चासो स्वभाविक नहुने टिप्पणी गरेका छन् ।

उनले एमसिसी संझौतामा नेपालको राजनीतिक, आर्थिक, सामाजिक मामिलाका धेरै बिषयमा ’चासो’ राख्न मिल्ने शर्त रहेको धारणा समेत राखेका छन् ।

Press Statement

MCC Statement on Events in Burkina Faso
For Immediate Release
January 26, 2022

Contact: 202-521-3880
Email: press@mcc.gov

WASHINGTON (Jan. 26, 2022) – MCC is deeply concerned by recent actions in Burkina Faso and the decision of the military forces of Burkina Faso to dissolve the Government, the national assembly, and the constitution. We are closely monitoring the situation and its implications for the MCC-Burkina Faso partnership. We call on all parties to pursue a democratic solution while ensuring the safety and security of all Burkinabe.



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ