धनगढीमा प्रथम रिया स्पोर्टस कप ब्याटमिन्टन प्रतियोगीता हुने


धनगढी  : धनगढीमा प्रथम रिया स्पोर्टस कप ब्याटमिन्टन प्रतियोगीता २०८० आयोजना हुँने भएको छ । आईतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ बर्षको अवसर पारेर प्रथम रिया स्पोर्टस कप ब्याटमिन्टन प्रतियोगीता हुन लागेको जानकारी गराएको हो । धनगढी रङगशालामा बैशाख १ र २ गते हुने ब्याटमिन्टन प्रतियोगीतामा चैत ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्ने ब्याटमिन्टन प्रतियोगीताका संयोजक प्रकाश सिँहले बताए ।

उनले टिम दर्ता शुल्क १५ सय तोकिएको बताए । उक्त प्रतियोगीतामा प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद सहित प्रमाणपत्र पाउँने संयाेजक सिंहले जानकारी दिए । ब्याटमिन्टन प्रतियोगीतामा राष्ट्रिय खेल र क्षेत्रीय खेल खेलेका खेलाडीहरु सहभागी हुन नपाउने खेल प्रशिक्षक तथा निर्देशक केशब बडुवालले बताए । ब्याटमिन्टन खेलको नियमानुसार नै खेलाइने बताउँदै खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समुहकाले खलेमा सहभागी हुन पाउने उनले बताए । बैशाख १ गते बिहान ७ बजे ब्याटमिन्टन प्रतियोगीता उद्घाटन हुने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा ब्याटमिन्टन प्रतियोगीताका बिरेन्द्र शाह, नविन सिँह, टेकेन्द्र घर्ती, मेघराज कठायत तथा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायतको उपस्थीती रहेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ