सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन भोली प्रधानमन्त्री सुदूरपश्चिममा आउँदै


कैलाली : प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सुदूरपश्चिम आउँने भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्। प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ।

सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोह गर्ने तयारी भएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए। तेस्रो दीक्षान्त समारोहमा एक सय ७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले जानकारी दिए।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोक कुमार राई लगायतको सहभागिता रहने छ । विश्वविद्यालयबाट पासआउट भएका आठ सय ५५ जना विद्यार्थी मध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुन लागेका हुन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ