जनप्रतिनिधि लालचमा फसे, अन्तर्घातको निर्मम समीक्षा गर्छौं : मन्त्री आङ्बो


काठमाडौँ l प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात भएको स्वीकार गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री आङ्बोले प्रदेश १ मा जनप्रतिनिधिहरु पार्टी नेतृत्वप्रति इमारदार नभएको भन्दै लालच र प्रलोभनमा परेर गम्भीर अन्तर्घात गरेको बताएका छन् । उनले अन्तर्घात क्षम्य नहुने भन्दै गम्भीर र पारदर्शी छानविन हुने समेत उद्घोष गरेका छन् ।

‘संघियताप्रति चौतर्फि प्रहार भइरहेका बेला झन हामी १ नम्बर प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौं,’ उनले भनेका छन्, ‘लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तर्घात कुनै पनि पार्टीको निम्ती क्ष्यम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नपर्छ । बढ्दैछ ।’

प्रदेश १ मा तिन सिटका लागि निर्वाचन भएको थियो । जसमा गठबन्धनका दुई जनामात्रै उम्मेदवार विजयी भएका थिए । नेकपा एकिकृत समाजवादीकी जयन्ती राईले मात्रै एमाले उमेद्वार सुमित्रा मन्डारीलाई सहजै हराएकी थिइन । राईको ४६५२ आउँदा भन्डारीको ४३६२ आएको थियो ।

अल्पसंख्यकबाट एमालेका उमेद्वार सोनाम ग्याल्जेन शेर्पाले ४७३४ मतले जित्दा गठबन्धनका द्वार हेमराज राई ४३६८ मत पाएर पराजित भए । खुल्लामा एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबर ४४८८ मत आएको थियो । गोलाबाट बस्नेत भाग्यामानी बने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ