सत्ता गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पाँच दलको संयुक्त अपील


काठमाण्डु – सत्ता गठबन्धनमा आबद्ध पाँच दलहरूले वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।

मंगलबार पाँच दलीय गठबन्धनमा सहभागी दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरूको पक्षमा परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

प्रधानमन्त्रीसहित रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अपिल गरेका हुन्।

वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा गठबन्धनका तर्फबाट तनहुँ १ मा कांग्रेसका गोबिन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा २ मा जसपाका उपेन्द्र यादव आधिकारिक उम्मेदवार हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ